झापा गोल्डकपमा आज मनाङको भिडन्त सहारासँग

बिर्तामोड (खेलदैनिक) । झापामा जारी रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज उपाधिको दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लबले सहारा क्लब, पोखराको सामना गर्दैछ ।

सोझै बाई पाएर क्वाटरफाइनलमा भिड्न लागेका दुवै टोलीले जित हासिल गर्दै सेमिफाइनल स्थान सुुरक्षित गर्ने योजनामा छन् । डोमालाल राजवंशी खेल मैदानमा दिनको ३ बजेदेखि शुरु हुने आजको खेलमा मनाङलाई नै जितको बलियो प्रत्याशी मानिएको छ । यद्यपि सहाराले कुने पनि बेला नतिजा उल्टाउन सक्ने अनुमान गरिएको छ ।

कति होला आजको नतिजा ? सहाराले मनाङलाई स्तब्ध पार्ला त ? या मनाङको सेमिफाइनल यात्रा सुनिश्चित छ ? तपाईंहरुको विचार ।


प्रतिक्रिया दिनुहोस

Loading...