झापा गोल्डकपमा थ्रीस्टार र एपिएफको भिडन्त आज

बिर्तामोड (खेलदैनिक) । झापामा जारी रमपम तेस्रो झापा गोल्डकपमा आज दावेदार मध्ये एक रुस्लान थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दै छन् ।

बिर्ता बजारस्थित दोमालाल खेल मैदानमा हुने आजको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । थ्रीस्टार र एपिएफ शनिबार मात्र चितवनमा सम्पन्न १३ औं विकास रनिङ शिल्डको फाइनलमा भिडेका थिए । जसमा एपिएफले जित हासिल गर्दै उपाधि जितेको थियो ।

थ्रीस्टारसँग सोही फाइनल खेलको बदला लिने अवसर समेत हुनेछ भने एपिएफले लगातार दोस्रोपटक पाटने क्लबलाई हराउने दाउमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...