पुलिसको जितमा रेजिन निर्णायक

बिर्तामोड (खेलदैनिक) । बिभागीय टोली नेपाल पुलिस क्लब रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रि–क्वाटरफाइनलतर्फ पुलिसले रुपन्देही–११ लाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो ।

आइतबार विर्ता बजारस्थित डोमालाल रंगशालामा भएको खेलमा पुलिसका लागि एक मात्र निर्णायक गोल खेलको ८२ औं मिनटमा रेजिन सुब्बाले गरे । आइतबारको खेलमा पुलिसका सुमन लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको खेल रुस्लान थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...