झापा गोल्डकपमा आज पुलिस र रुपन्देही भिड्दै

बिर्तामोड (खेलदैनिक) । मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितातर्फ आइतबार विभागीय टोली नेपाल पुलिस क्लब र रुपन्देही–११ आमने हुँदैछन् ।

यस सिजन उत्कृष्ट लयमा देखिएको पुलिसले रुपन्देहीलाई सहजै रुपमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्ने दाउमा छ । बिर्तामोड झापास्थित दोमालाल फुटबल मैदानमा दिनको ३ बजेदेखि शुरु हुने आजको खेलमा रुपन्देही पनि सुखद जितका साथ प्रतियोगिताको शुरुवात गर्ने योजनामा छ ।

फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ । साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि २५ हजार नगद पुरस्कारको व्यवस्था छ ।

आज कुन टिमलाई समर्थन गर्दै हुनुहुन्छ त ?


प्रतिक्रिया दिनुहोस

Loading...