यमनविरुद्धको खेलका लागि नेपाली फुटबल टोलीले आइतबारदेखि तयारी शुरु गर्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनौट खेल अन्तरगत यमनविरुद्ध हुने समूह चरणको अन्तिम खेलका लागि आउँदो आइतबारदेखि तयारी शुरु गर्ने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतुकु कोजीले आफ्ना कतिपय खेलाडीहरु चोटिल रहे तापनि पूर्वनिर्धारित योजनाअनुसार नै मार्च ४ (आईतबारदेखि) यमनविरुद्धको खेलका तयारी शुरु गर्ने बताएका छन् । यमनविरुद्धको खेल नेपालका लागि प्रतिष्ठको खेल पनि हुनेछ ।

प्रतियोगिताको छनौट चरणबाटै बाहिरिसकेको नेपालले समूह एफतर्फ आफ्नो अन्तिम खेल यमनविरुद्ध मार्च २८ तारीखका दिन कतारको दोहामा खेल्नेछ । समूह चरणतर्फ एउटै खेल नजितेको नेपालले यमनविरुद्ध पहिलो लेगतर्फ हल्चोक मैदानमा भएको खेलमा गोलरहित बराबरी खेलेको थियो ।

नेपाल र यमन भिड्ने दिनमै सोही समूहमा रहेका फिलिपिन्स र ताजिकिस्तानबीचको महत्वपूर्ण खेल पनि हुँदैछ । समूह एफ मा पाँच खेलबाट ९ अंक जोडेको फिलिपिन्स शिर्ष स्थानमा छ । समान ७–७ अंक जोडेका यमन र ताजिकिस्तान क्रमश दोस्रो र तेस्रो स्थानमा छ । पाँच खेलबाट २ अंक मात्र जोडेको नेपाल भने पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...