एन्फाले गर्यो राष्ट्रिय फुटबल प्रशिक्षक कोजीको अनुबन्ध नवीकरण

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका जापानिज प्रशिक्षक ग्योतुकु कोजीसँगको अनुबन्ध नवीकरण गरेको छ ।

चर्चित नेपाली फुटबल पोर्टल गोलनेपाल डटकमका अनुसार एन्फाले कोजीको अनुबन्ध थप एक बर्षका लागि नवीकरण गरेको हो । बुधबार जापानी राजदुतावासमा आयोजित एक कार्यक्रममा कोजीको नयाँ अनुबन्धबारे खुलाइएको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रुपमा यसअघि नै दुई बर्षको कार्यकाल पूरा गरिसकेका कोजीले नेपाललाई सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको उपाधि जिताएका थिए ।

एन्फालाई हाल फुटबल विकासका लागि जापानी दुतावास, जापान एफए र जाइकाको समर्थन छ । त्यसैगरी एन्फालाई प्राविधिक विशेषज्ञका रुपमा चियाकी ताकेडाले पनि सहयोग गर्ने छन् ।

एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रशिक्षकको नेतृत्वमा नेपाली फुटबलले विकासको गति लिंदै थप उचाईंमा पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...