अन्तर टेक्निकल गोल्डकप फुटबल मंगलबारदेखि

हेटौडा (खेलदैनिक) । मङ्गलबारदेखि हेटौंडास्थित फरेष्ट्रि चौरमा सुशील कोइराला स्मृति फरेष्ट्री अन्तर टेक्निकल गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल विद्यार्थी संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाको आयोजनामा हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद एकलाख र ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट डिफेन्स, मिडफिल्ड, फरवर्ड र बढी गोलकर्ता खेलाडीले जनही ५÷५ हजार रुपैंया प्राप्त गर्नेछ ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा नेपाल विद्यार्थी संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाले प्रत्येक बर्ष फरेष्ट्री अन्तर टेक्निकल गोल्डकप फुटबल गर्ने योजना रहेको नेवि संघ इकाइ सभापति प्रकाश तिवारीले बताए । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतियोगिताको उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...