
प्रतियोगिता कै उत्कृष्ट खेलाडी बनेका आर्मी बिमल पाण्डे ।
हेटौडा (खेलदैनिक) । हेटौडामा सम्पन्न तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिमल पाण्डे प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि जिताउन प्रतियोगिता भरि महत्वपूर्ण योगदान दिएका पाण्डेले पुरस्कार स्वरुप नगद ५० हजार हात पारे ।

उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीकै बिकेश कुथु घोषित भए भने उत्कृष्ट डिफेन्डर पुलिसका दिनेश राजवंशी घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि पुलिस कै तेज तामाङ घोषित भए भने उत्कृष्ट फरवार्डको पुरस्कार पनि पुलिस कै अभिषेक रिजालले जिते ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्डर पुलिसका दिनेश राजवंशी ।

उत्कृष्ट मिडफिल्डर पुलिसका तेज तामाङ ।

उत्कृष्ट फरवार्ड पुलिसका अभिषेक रिजाल ।

उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने ।