आर्मी बन्यो हेटौडा गोल्डकप च्याम्पियन

हेटौडा (खेलदैनिक) । त्रिभुवन आर्मी क्लबले हेटौडामा सम्पन्न तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार हेटौडास्थित कृषि तथा बन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको फाइनल भिडन्तमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । जितसँगै आर्मीले यस सिजनको छैटौं उपाधि जित्न सफल भएको छ । बिजेता बनेको आर्मीले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता बनेको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।

त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक बिकेश कुथु घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...