सहज जितका साथ मनाङ क्वाटरफाइनलमा

चितवन (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब चितवनमा जारी १३ औं संस्करणको टुबोर्ग बिकास रनिङ शिल्ड अन्तरर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलमा मनाङले सुदुरपश्चिमलाई ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गरेको हो । मनाङको जितमा बिमल रानाले दुई गोल गरे । त्यस्तै भिक्टरले एक गोल भने थप एक गोल सुदुरपश्चिमका राकेश हमालले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता पराजित सुदुरपश्चिमका लागि एक मात्र गोल एरौनाले गरेका थिए । शुक्रबारको खेलमा मनाङका सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । सुजलले पुरस्कार स्वरुप नगद १० हजार हात पारे ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजयी हुने टिमले नगद ५ लाख सहीत शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले २ लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा फेयर प्ले खेल्ने टिमलाई नगद २५ हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै प्रिक्वाटरफाइनल र क्वाटरफाइनल खेल जित्ने प्रत्येक टिमले म्याच बोनस् स्वरुप १० हजार प्राप्त गर्नेछन भने प्रत्येक दिन खेलाडी, प्रशिक्षक र टिम म्यानेजरले दैनिक १ हजार रुपैया भत्ता प्राप्त गरिने समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...