प्रतिस्पर्धात्मक खेलमा एफिएफलाई सफलता

चितवन (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब चितवनमा जारी १३ औं संस्करणको टुबोर्ग बिकास रनिङ शिल्ड अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पचौरमा भएको प्रतिस्पर्धात्मक खेलमा एपिएफले भरतपुर एफसीलाई १–० ले हरायो । एपिएफको जितमा खेलको १० औं मिनटमा श्याम नेपालीले एक मात्र निर्णायक गोल गरे ।

एपिएफले अब क्वाटरफाइनलमा शनिबार सिएमजी संकटा क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल मनाङ मस्र्याङ्दी क्लब र सुनुरपश्चिम स्पोर्टस् क्लबबीच हुने आयोजकले जनाएको छ ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजयी हुने टिमले नगद ५ लाख सहीत शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले २ लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा फेयर प्ले खेल्ने टिमलाई नगद २५ हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै प्रिक्वाटरफाइनल र क्वाटरफाइनल खेल जित्ने प्रत्येक टिमले म्याच बोनस् स्वरुप १० हजार प्राप्त गर्नेछन भने प्रत्येक दिन खेलाडी, प्रशिक्षक र टिम म्यानेजरले दैनिक १ हजार रुपैया भत्ता प्राप्त गरिने समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...