पुलिस र संकटाबीचको सेमिफाइनल भिडन्त आज

काठमाडौं (खेलदैनिक) । हेटौडामा जारी तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लब भिड्दै छन् ।

हेटौडास्थित कृषि तथा बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज दिनको २:४५ मा हुने खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा पुलिसले घरेलु टोली बिजय युथ क्लबलाई ३–० ले पराजित गरेको थियो भने संकटाले दावेदार थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको थियो । आज यी दुवै टोली फाइनल प्रवेशका लागि उच्च मनोबलका साथ उत्रिनेछन् ।

प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो सेमिफाइनलमा अर्को दावेदार त्रिभुवन आर्मी क्लबले यसअघि नै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...