बिकास रनिङ शिल्ड सुरु, फ्रेण्ड्सको बिजयी शुरुवात

चितवन (खेलदैनिक) । मंगलबारदेखि शुरु १३ औं संस्करणको टुबोर्ग बिकास रनिङ शिल्ड अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले बिजयी शुरुवात गरेको छ ।

नारायणगढस्थित क्याम्पचौरमा भएको उदघाट्न खेलमा फ्रेण्डसले बिजय युथ क्लब, हेटौडालाई शून्यकाविरुद्ध १ गोलले हरायो । फ्रेण्ड्सका लागि एक मात्र निर्णायक गोल खेलको २९ औं मिनटका बिदेशी खेलाडी जोनल ग्लोरीले गरे । ग्लोरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

बिजय युथ क्लबले खेल अवधीभर गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेको थियो तर प्राप्त अवसरलाई गोलमा परीणत गर्न नसक्दा पहिलो खेलमै पराजय व्यहोर्न वाध्य भयो । यो जित सँगै फ्रेण्ड्स क्वाटरफाइनल प्रवेश गरेको छ । फ्रेण्ड्सले अब सेमिफाइनलका लागि त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । आर्मी यस अघी नै बाई पाउदै सिधै क्वाटरफाइनल पर्वेश गरिसकेको छ ।

प्रतियोगिता अन्तरगत फागुन ९ गते बुधबारको खेल नारायणगढ फुटबल क्लब र एन्फा एकेडेमीबीच हुने आयोजकले जानकारी दिएको छ । फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजयी हुने टिमले नगद ५ लाख सहीत शिल्ड मेडल र प्रमाणपत्र गर्नेछ भने उपबिजेताले २ लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रत्यक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा फेयर प्ले खेल्ने टिमलाई नगद २५ हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै प्रिक्वाटर फाइनल र क्वाटर फाइनल खेल जित्ने प्रत्यक टिमले म्याच बोनस् स्वरुप १० हजार प्राप्त गर्नेछन भने प्रत्यक दिन खेलाडी, प्रशिक्षक र टिम म्यानेजरले दैनिक १ हजार रुपैया भत्ता प्राप्त गर्नेछन ।


प्रतिक्रिया दिनुहोस

Loading...