सुर्यनगर गोल्डकप शुरु, आयोजक निलोको बिजयी शुरुवात

बर्दघाट (खेलदैनिक) । स्व. नरप्रसाद गुरुङ स्मृति तेस्रो सुर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक नवयुवा क्लब (निलो) ले बिजयी शुरुवात गरेको छ । बर्दघाट–१६, सुर्यनगरस्थित सुर्यनगर रंगशालामा भएको उदघा्टन खेलमा नवयुवाले त्रिवेणी संगम एफसीलाई टाईब्रेरमा ४–२ ले हराउँदै बिजयी शुरुवात गरेको हो ।

यसअघि नियमित समयतर्फ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फको खेलमा आयोजक नवयुवाका लागि मिन बहादुर रानाले गोल गरेका थिए भने पराजित त्रिवेणीका लागि अफ्रिकी खेलाडी सेगुनले गोल गरेका थिए । खेलमा आयोजकका मिन बहादुर राना म्यान अफ द म्याच घोषित भए ।

श्री नवयुवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, तनहुँका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...