झापा फुटबल रेफ्री संघको अध्यक्षमा बस्नेत

झापा (खेलदैनिक) । झापा जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा पून प्रदिप बस्नेत सर्वसम्मतरुपमा सोमबार नयाँ नेतृत्वका साथ चयन भएको छन् ।

सालबारीमा आयोजित संघको तेस्रो अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा लोकराज ढुंगाना, महासचिवमा प्रकाश काप्mले र कोषाध्यक्षमा श्याम दनुवार चयन भएका छन् ।

त्यस्तै, नरवीर फागो, खेमराज श्रेष्ठ, सन्तोष चौधरी, लाक्पा तामाङ, लक्ष्मण जैसवाल, लोकराज अधिकारी र डिकबहादुर श्रेष्ठ रेफ्री संघको जिल्ला सदस्यमा चयन भए ।

चार वर्षका लागि चुनिएका पदाधिकारी तथा सदस्यले फुटबल खेलको विकासका लागि अहोरात्र लागिपर्ने नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए । उनी रेफ्री संघका केन्द्रीय सदस्य पनि हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...