नेपाल आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै रुस्लान ९औ सिमरा गोल्डकपको हात परेको छ ।
प्रतियोगिता अन्तर्गत आज सिमरा रङशालामा भएको फाइनल खेलमा आर्मीले थ्री स्टारलाई २-०ले पराजित गर्दै यस सिजनको पाँचौ उपाधि जित्न सफल भएको छ ।
आर्मीको जीतमा दिनेश हेन्जनले ५८ औ मिनेट र नवयुग श्रेष्ठले ७३ औ मिनेटमा एक-एक गोल गरे ।
हेन्जन जर्ज प्रिन्स कार्कीको स्थानमा ३७ औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।
आर्मीका सन्तोष तामङ म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार प्राप्त गरे ।
नवजनजागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यस प्रतियोगितामा आयोजकको सेतो र निलो टोली, बिजय युथ क्लब, रुस्लान थ्रीस्टार, सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, नेपाल एफिएफ, त्रिभुवन आर्मी क्लब, बिरगंज युनाइटेड क्लब र सिएमजी संकटा क्लब गरी कुल १० टोलिहरुको सहभागिता रहेको थियो । पर्यो गर्यो
प्रतियोगिताको बिजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्यो भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्यो ।