आर्मी र थ्रीस्टारबीचको फाइनल भिडन्त आज

बारा (खेलदैनिक) । नवौं रुस्लान सिमरा गोल्डकपको फाइनलमा उपाधिका लागि आज दुई दावेदार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार आमने सामने हुँदैछन् । फाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले मोरङ–११ लाई हराएको थियो भने आर्मीले बिरगंज युनाइटेडलाई पाखा लगाएको थियो ।

आर्मी गत संस्करणको उपविजेता समेत हो । यद्यपि दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरु फाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने बताउँछन् तर जित भने आ–आफ्नो टोलीले नै हात पार्ने दावी समेत गर्छन् ।

सिमरा मैदानमा आज दिनको २ बजेदेखि शुरु हुने यो रोमाञ्चक फाइनल भिडन्तमा कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ त ? कति होला आजको नतिजा ? अनुमान लगाउने जिम्मा तपाईंहरुको ।


प्रतिक्रिया दिनुहोस

Loading...