मैत्रीपूर्ण खेलका लागि एपिएफको महिला फुटबल टोली हङकङ प्रस्थान

काठमाडौं (खेलदैनिक) । हङकङको राष्ट्रिय महिला फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल खेलका लागि सशस्त्र प्रहरीको एपिएफ महिला फुटबल टोली हङकङतर्फ प्रस्थान गरेको छ ।

एपिएफको महिला फुटबल टोलीले हङकङस्थित मंगकक स्टेडियममा आउँदो सोमबार (फागुन ७ गते) हङकङ महिला फुटबल टोलीको सामना गर्नेछ । एनआरएनए हङकङको आयोजनामा हुने उक्त मैत्रीपूर्ण फुटबल म्याच स्थानीय समय अनुसार १३० बजे शुरु हुनेछ ।

हङकङ जाने एपिएफको महिला टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच विदाई समेत गरिएको थियो । एपिएफ टोली हालै सम्पन्न राखेप च्याम्पियनसिपतर्फ राष्ट्रिय महिला लिग च्याम्पियन समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...