आई लिगमा नेरोकाविरुद्ध खेल्न इम्फाल पुगे बिमल

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलर तथा मोहन बगानका फरवार्ड बिमल घर्ती मगर हिरो आई लिगतर्फ नेरोकाविरुद्ध खेल्न इम्फाल, मणिपुर पुगेका छन् । नेरोकाविरुद्ध भिड्नु अघि बिमलले क्लबसँगै इम्फालमा पहिलो अभ्यास सत्रमा समेत सहभागिता जनाएका छन् ।

हिरा आई लिगतर्फ मोहन बगान र नेरोका आइृतबार आमने सामन हुँदैछन् । नेरोका लिगमा १६ खेलबाट ३१ अंकका साथ शिर्ष स्थानमा छ । उता दुई खेल कम खेलेको मोहन बगान भने २१ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...