एन्फाको केन्द्रिय चुनावका लागि प्रतिनिधिहरुको नामावली सूची सार्वजनिक

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत्र १४ गते हुने केन्द्रिय कार्यसमितिको चुनावमा सहभागि हुने मताधिकार प्रतिनिध तथा प्रतिनिधिहरुको नामावलीसहितको सूची प्रकाशित गरेको छ ।

त्यसैगरी विभिन्न पदहरुमा रहने मनोनयनहरुको सूची भने निर्वाचन समितिले यहि फागुन १४ गते सार्वजनिक गरिने जनाएको छ । यसपटक अध्यक्ष पदका लागि एन्फाका पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान उपाध्यक्ष मणि कुँवर चुनावमा भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...