एन्फाका वर्तमान उपाध्यक्ष मणि कुँवरले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान उपाध्यक्ष मणि कुँवरले पनि केन्द्रिय अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा कुँवरले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।

कुँवरलाई एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले समर्थन गरेका छन् । श्रेष्ठ भन्छन् उनी (मणि) यस पदमा रहेर नेतृत्वका लागि योग्य छन् । अब एन्फाको अध्यक्ष पदका लागि पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । शेर्पाले यसअघि नै आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन् । एन्फोको केन्द्रिय चुनाव यहि आउँदो चैत्र १४ गते हुदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...