भरतपुरमा अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगिता सुरु

चितवन (खेलदैनिक) । भरतपुरमा आज बाट सुरु भएको राइट एण्ड एसोसियट अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगितामा बाल्मिकी शिक्षा सदन र डन एकेडेमीले बिजयी सुरुवात गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा बिहीबार भएको उद्घाटन खेलमा बाल्मिकी शिक्षा सदनले ब्लु बर्ड एकेडेमीलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलमा अग्रता भने ब्लु बर्डले लिएको थियो । तर सुरुवाती अग्रता जोगाउन नसक्दा ब्लु बर्ड बाल्मिकीसँग स्तब्ध भएको हो । बाल्मिकीका लागि सार्थक निरौलाले २ तथा देव दुरा, साज भुषाल र हिमान्सु थापाले समान १–१ गोल गरे । ब्लु बर्डका लागि एकमात्र सान्त्वना गोल बिशाल तामाङले गरे ।

यस्तै बिहीबार नै सम्पन्न दोस्रो खेलमा नारायणी पब्लिक स्कुललाई सडन डेथमा पराजित गर्दै डन एकेडेमीले पनि बिजयी सुरुवात गरेको छ । निर्धारित समयमा दुबै तर्फबाट १–१ गोल भएको थियो । खेलमा नारायणी पब्लिकले उपहारका रुपमा आत्मघाती गोल पाएको थियो भने डन एकेडेमीका लागि क्रितेश न्यौपानेले १ गोल गरेका थिए ।

निर्धारित समयको खेल बराबरीमा सकियपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो । तर ट्राइब्रेकरमा पनि दुबै तर्फबाट ४–४ गोल भएपछी खेलको निर्णय सडन डेथबाट लिईेएको प्रतियोगिताका मिडिया सम्योजक कृष्ण कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन । शुक्रबार हुने पहिलो खेल प्रेरणा बोर्डिङ र गुरुकुल स्कुल तथा दोस्रो खेलमा श्रीजना स्कुल र सनफ्लावर बोर्डिङ बिच हुने आयोजकले जनाएको छ ।

चितवन जिल्ला फुटबल संघको मुख्य आयोजना तथा यात्रा ग्रुप भरतपुर र भरतपुर फुटबल क्लबको सह आयोजनामा सुरु भएको प्रतियोगिता फाल्गुन ९ गते सम्म सन्चालन हुनेछ । प्रतियोगितामा चितवनका बिभिन्न १४ बिद्यालयहरुको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम तथा दोस्रो हुनेले ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । यस्तै म्यान अफ दि सिरिज उत्कृष्ट गोलरक्षक र सर्वा्िधक गोलकर्तालाई पनि ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...