हेम्जालाई लायन्स फुटवल उपाधि

पोखरा (खेलदैनिक) । लायन्स क्लव अफ हेम्जाले अन्तर लायन्स ऐट ए साईड फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

लायन्स क्लव अफ पोखरा डाउन टाउनले आयोजना गरेको प्रतियोगिताको मंगलवार पुरानो टुँडिखेलको खेलमैदानमा भएको फाईनल खेलमा लायन्स क्लव अफ माछापुच्छ«ेलाई ६–० गोल अन्तरले पराजित गरेर उपाधि जितेको हो । विजेता टिमले नगद ५५ हजार ५ सय ५५, ट्रफी तथा प्रमाणपत्र प्रात्त गरे । उपविजेता भएको माछापुच्छ«ले नगद ३३ हजार ३ सय ३३ तथा ट्रफी पाए ।

विजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेस सांसद रामजीप्रसाद वराल तथा विशिष्ट अतिथि लायन्स डिष्ट्रिक ३२५ वि १ का गर्भनर धनराज आचार्यले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...