खोटाङ फुटबल एकेडेमीलाई गोलनेपाल फाउण्डेशनको सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको विकास तथा प्रवद्र्धनमा लागिपरेको गोलनेपाल फाउण्डेशनले खोटाङ फुटबल एकेडेमीलाई २० थान जर्सी तथा १० थान इन्डस्ट्रक्टिबल फुटबल सहयोग गरेको छ ।

गोलनेपालको यस सहयोग अभियानमा काष्ठमण्डप एफसी, युएईले जर्सी सहयोग गरेको थियो । क्लबका अध्यक्ष रबिन श्रेष्ठले नेपाली फुटबलको विकास र प्रवद्र्धनका लागि गोलनेपालले थालेको यस किसिमको महान कार्यमा सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको बताए ।

बुधबार एक कार्यक्रमकाबीच गोलनेपालका सिईओ बिक्रम थापाले खोटाङ फुटबल एकेडेमीका पदाधिकारीहरुलाई जर्सी तथा फुटबलहरु हस्तान्तरण गरे । सोही कार्यक्रममा एकेडेमीका प्रशिक्षक रोशन श्रेष्ठले गोलनेपाल फाउण्डेशनलाई धन्यवाद दिए । साथै यस सहयोगले एकेडेमीका प्रशिक्षाथीृहरुलाई नियमित प्रशिक्षण गराउन सहज हुने तथा आर्थिक रुपमा पनि केही फाईदा हुने बताए ।

बितरण गरिएको १० थान इन्डस्ट्रक्टिबल फुटबललाई हावा भरि राख्नु पर्दैन । साथै यो फुट्ने वा क्षति हुने डर पनि हुँदैन । खोटाङ फुटबल एकेडेमीमा हाल २५ बालकहरु प्रशिक्षणरत छन् ।

गोलनेपालका सिईओ बिक्रम थापाका अनुसार आफूहरुले नेपालभरिकै बालबालिकाहरुलाई खेलकुदप्रति आकर्षित गर्न चाहेको बताए । सिइओ थापा भन्छन् “हामी हरेक महिना एक फुटबल एकेडेमीलाई सहयोग गरिरहेका छौं । हाम्रो यस कार्यलाई हामी नेपालभरि नै पुर्याृउन चाहन्छौं । बिगत ९ बर्षदेखि हामी नेपाली फुटबलको विकास र प्रवद्र्धनमा लागि परेका छौं । हाम्रो यो अभियान यहि रोकिने छैन । हामी नेपाली फुटबललाई एउटा उचाईंमा लैजाने छौं ।”

साथै सिइओ थापाले काष्ठमण्ड एफसी, युएईलाई पनि विशेष धन्यवाद दिए । गोलनेपाल फाउण्डेशनले गत महिना मात्र मुगुका बालिकाहरुलाई ६० थान जर्सी तथा १० थान फुटबल हस्तान्तरण गरेको थियो ।

हाम्रो यस अभियानमा सहयोग र सहभागिता जनाउन चाहनुहुन्छ भने हामीलाई [email protected] मा इमेल गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...