थ्रीस्टार सिमरा गोल्डकपको फाइनलमा

बारा (खेलदैनिक) । दावेदार रुस्लान थ्रीस्टार क्लब सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा मोरङ–११ लाई ४–२ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।

सिमरा मैदानमा सम्पन्न खेलमा थ्रीस्टारका लागि सुनिल बलले दुई गोल गरे । त्यस्तै बिष्णु गुरुङ र अनन्त तामाङले १–१ गोल गरे । उता पराजित मोरङका लागि दुवै गोल कर्ण लिम्बुले गरे । खेलमा थ्रीस्टारका लागि दुई गोल गरेका सुनिल बल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल बलियो त्रिभुवन आर्मी क्लब र बिरगंज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । यहि फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...