गोलनेपाललाई चाईल्डरिच नेपालको साथ !

चाईल्डरिच नेपालद्वारा सहयोग गरिएको बल ग्रहण गर्दै गोलनेपालका सिईयो बिक्रम थापा (बाँया) ।

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको विकास र प्रवद्र्धनमा सहकार्यका लागि चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमलाई चाईल्डरिच नेपालले सहयोग गरेको छ ।

बालबालिकाको क्षेत्रमा रहेर नेपालमा सन् २००९ देखि सक्रिय अन्तर्राष्ट्रिय एनजिओ चाईल्डरिच नेपालले गोलनेपाल फाउण्डेशनलाई करिब १५ सय अमेरिकी डलर बराबरको ३० थान इन्डस्ट्रक्टबल फुटबल हस्तान्तरण गर्दै सहयोग गरेको हो ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा गोलनेपाल डटकमका सिईयो बिक्रम थापालाई कार्यक्रम संयोजक प्रतिक स्याङ्गदनले उक्त विशेष किसिमको फुटबल हस्तान्तरण गरे । गोलनेपालले युवा फुटबलको विकासा लागि नेपालभरिका विभिन्न एकेडेमीहरुलाई मासिक रुपमा नियमित अभ्यास गर्नका लागि जर्सी तथा फुटबलहरु सहयोग गर्दै आएको छ ।

गोलनेपालका सिईयो बिक्रम थापाका अनुसार आफूहरुले फुटबलकै माध्यमबाट आगरण अभियान चलाईरहेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यत्तः गरे । थापा भन्छन् “नेपाली फुटबलको विकास र प्रवद्र्धनमा हामी बिगत ९ बर्ष निरन्तर लागिपरेका छौं । हाम्रो यस अभियान र योजनमा सहभागी हुन चाहने सबैलाई स्वागत छ ।”

त्यस्तै गोलनेपालका सिईओ थापाले यस अभियानमा सहयोग र सहकार्य गर्ने चाईल्डरिच नेपाललाई पनि धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...