बाणगंगालाई हिमालयन गोल्डकपको उपाधि

बुटवल (खेलदैनिक) । बाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तुले नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कञ्चन–४, दियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा बाणगंगाले फर्साटिकर युवा क्लबलाई ४–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बाणगंगाको जितमा आदर्श नेवारले दुई गोल गरे भने अमृत गुरुङ र रोशन सेनले एक-एक गोल गरे । उता पराजित फर्साटिकरका लागि कर्ण लिम्बुले एक गोल फर्काए तापनि त्यो गोल टोलीको हार टार्न प्रर्याप्त बनेन । बिजेता बनेको बाणगंगाले उपाधिसहित नगद १,११,१११ रुपैया हात पारेको छ भने उपविजेत ाबनेको फर्साटिकरले ५५,५५५ रुपैयामा चित्त बुझाएको छ ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ दियोबजारको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, कपिलवस्तु नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...