बिरगंजका प्रशिक्षक राणा भन्छन् “जित्नेमा विश्वस्त थियौं”

सिमरा (खेलदैनिक) । सिमरा गोल्डकपका लागि आकिस्मक रुपमा विभिन्न जिल्लाबाट खेलाडीहरु ल्याएर टोली तयार पारेको बिरगंज युनाइटेडले मंगलबार साविक बिजेता संकटालाई १–० स्तब्ध तुल्यायो ।

अमर डंगोलले निर्णायक गोल गरेको खेलमा जित हात पार्दै बिरगंज सेमिफाइनल प्रवेश गर्न समेत सफल भयो । खेलपश्चात कुरा गर्दै बिरगंंजका प्रशिक्षक सुलभ जंग राणाले आफूले योजना बनाएर नै जित हात पारेकोमा खुशी व्यक्त गरे ।

राणाले भने “यो कठिन खेल थियो । संकटा जस्तो बलियो टोलीलाई हराउँदा खुशी लागेको छ । यो जित हात पार्नेमा मँ विश्वस्त थिएँ ।”


प्रतिक्रिया दिनुहोस

Loading...