सिमरा (खेलदैनिक) । जारी सिमरा गोल्डकपको ९ औं संस्करणतर्फ आफ्नो पहिलो खेलमै पराजित हुन पुगेको साविक विजेता संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले नराम्रो महशुस भएको बताएका छन् । संकटा मंगलबार बिरगंज युनाइटेडसँग १–० को झिनो अन्तरले पराजित हुन पुगेको थियो ।
पत्रकारहरुसँग कुरा गर्दै खड्गीले भने “पहिलो खेलमै हानु पर्दा दुःख लागिरहेको छ । हामीले गल्ती गर्यौं । बललाई नियन्त्रणमा राखेर पनि गोल गर्न असफल भयौं ।” साथै उनले आफ्ना खेलाडीहरु थकित रहेको र प्रर्याप्त आराम नपाएको समेत बताए ।