अमर डङ्गोलले खेलको एक मात्र गोल गरेपछि बिरगंज युनाईटेड सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न क्वाटरफाइनलमा बिरगंजले संकटालाई १-० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।
निसान लिम्बु खेलको म्यान अफ दि म्याच घोषित भए। उनले पाँच हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमीफाइनल रुस्लान थ्री स्टार र मोरङ एफसी बीच हुनेछ।
प्रतियोगिताको बिजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने समेत आयोजकले जनाएको छ ।
फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकको सेतो र निलो टोली, बिजय युथ क्लब, रुस्लान थ्रीस्टार, सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, नेपाल एफिएफ, त्रिभुवन आर्मी क्लब, बिरगंज युनाइटेड क्लब र सिएमजी संकटा क्लब गरी कुल १० टोलिहरुको सहभागिता रहेको छ ।