झापा गोल्डकप फागुन दोस्रो सातादेखि, बिजेतालाई १२ लाख ५० हजार !

झापा (खेलदैनिक) । छोटो समय मै लोकप्रिय बन्न पुगेको झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ गतेदेखि बिर्तामोर्डस्थित दोमालाल स्टेडियममा शुरु हुने भएको छ । यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशी समेत बृद्धि गरिएको आयोजकले जनाएको छ ।

जसअनुसार यसपटकको उपाधि विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले त्यसको आधा रकम प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरु यसप्रकार छन् :-

झापा ११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, रुपन्देही ११, हिमालयन शेर्पा क्लब, सुदुरपश्चिम ११, रुस्लान थ्रीस्टार, मनाङ मस्र्याङ्दी क्लब र सिक्किम ११ रहेका छन् । मनाङ प्रतियोगिताको साविक विजेता हो ।


प्रतिक्रिया दिनुहोस

Loading...