नेपाली यु–१६ फरवार्ड चौधरीको शल्यक्रिया सफलताका साथ सम्पन्न

काठमाडौं (खेलदैनिक) । नेपाली यु–१६ राष्ट्रिय फुटबल टोलीका प्रतिभाशाली फरवार्ड बिर्जेश चौधरीको घुँडाको शल्यक्रिया सफलताका सम्पन्न भएको छ । चौधरीको च्यातिएको लिगामेन्टको सोमबार सफलताका साथ शल्यक्रिया सम्पन्न गरिएको हो ।

गोलनेपाल डटकमका अनुसार उनी कम्तिमा पनि केही महिनाका लागि मैदान बाहिर रहने भएका छन् । चौधरीले एएफसी यु–१६ च्याम्प्यिनसिप छनौट अन्तरग तगत सेप्टेम्बरमा भारतविरुद्ध गरेको दुई गोल उत्कृष्ट थियो ।

सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा सम्पन्न उक्त खेलमा बिर्जेशको उक्त दुई गोलको सहयोगमा नेपालले भारतसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...