धुलाबारी जितमा रञ्जित लिम्बु निर्णायक

बाहुनडाँगी (खेलदैनिक) । रञ्जित लिम्बूको २ गोलको सहयोगमा धुलाबारी फुटबल ट्रेनिङ सेन्टर बडाखालमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।

नवज्योति युवा क्लब मेचीनगर–३ को आयोजनामा नवज्योति निमाविको खेल मैदानमा भएको प्रतियोगितामा सोमवार मुनाल क्लब चन्द्रगढीलाई २–० को गोलअन्तरले हराउँदै धुलाबारी सेमिफाइनमा प्रवेश गरेको हो ।

धुलाबारीको जीतका लागि रञ्जित लिम्बूले खेलको १२औँ र दोस्रो हाफको ५औँ मिनेटमा गोल गरेको आयोजकका सचिव सुमन थापाले बताए । खेलको म्यान अफ दी म्याच धुलाबारीकै रञ्जित लिम्बु घोषित भए ।

प्रतियोगिता अन्तरगत मङ्गलबारको खेल गोधुली क्लब धाइजन र नवज्योति फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक क्लबका अध्यक्ष भवानी गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...