तस्विरहरुमा हेर्नुहोस आर्मी र एपिएफबीचको खेलको भिडन्त (फोटो फिचर्स)

सिमरा (खेलदैनिक) । सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्डकपको क्वाटरफाइनल खेलतर्फ आइतबार दावेदारी त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल एपिएफलाई ४–० ले हरायो । जितसँगै सेमिफाइनल यात्रा तय गरेको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले २ गोल गरे भने दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।


तनावपूर्ण बन्न पुगेको उक्त खेलमा आर्मीका नवयुग श्रेष्ठ तथा एपिएफका रन्जन बिष्ट र अन्जन बिष्टले रातो कार्ड खाएका थिए । तस्विरहरुमा हेर्नुहोस सिमरा गोल्डकपमा आर्मी र एपिएफबीचको खेलको रोमाञ्चकता :-


प्रतिक्रिया दिनुहोस

Loading...