पोखरामा अन्तर लायन्स फुटवल प्रतियोगिता सुरु

पोखरा (खेलदैनिक) । लायन्स क्लव अफ पोखरा डाउन टाउनको आयोजनामा पोखरामा शनिवारदेखी अन्तर लायन्स ऐट ए साईड फुटवल प्रतियोगिता सुरु भएको ।

फागुन १ गतेसम्म पुरानो टुँडीखेलको खेल मैदानमा हुने प्रतियोगिताको लायन्स पिएमसिसी एमजेएफ दीपक श्रेष्ठ उद्घाटन गरे । शनिवारको खेलमा लायन्स क्लव अफ पोखरा डाउन टाउन विले लायन्स गार्डेन सिटीलाई ५–२ गोलअन्तरले पराजित गरेको छ ।

त्यस्तै दास्रो खेलमा लायन्स पोखरा मुनालले काठमाण्डौ एभरेष्ट सनसाईनलाई ५–० गोलले पराजित गर्यो । त्यस्तै लायन्स सुन्दर नगरिले पोखरा हेल्पफुल हेन्डलाई १–० ले पराजित गर्यो । विजेता टिमहरु क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा लायन्स क्लव डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका १६ वटा क्लवहरुले सहभागिता जनाएका छन् । लायन्स क्लवहरुविच आपसी भाईचारा र सम्वन्ध प्रगाढ वनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष पराजुलीको भनाई छ ।

प्रतियोगितामा विजेतालाई नगद ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले नगद ३३ हजार ३ सय ३३ रुप्रैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यसैगरि उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफि र प्रमाणपत्र पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...