आयोजकलाई स्तब्ध पार्दै फर्साटिकर फाइनलमा

बुटवल (खेलदैनिक) । फर्साटिकर युवा क्लब, रुपन्देहीमा जारी नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कञ्चन–४, दियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा आइतबार भएको दोस्रो सेमिफाइनलमा फर्साटिकरले आयोजक हिमालयन सामुदायिक विकास केन्द्रलाई २–० ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।

फर्साटिकरको जितमा बिष्म राज र कृष्ण कुमालले एक–एक गोल गरे । आइतबारको खेलमा फर्साटिकरका सुरज हमाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फाइनल खेल फागुन १ गते मंगलबार बाणगंगा वेलफेयर सोसाईटी र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ डियोबजारको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । रुपन्देही, कपिलवस्तु नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...