नेपाल आर्मी नेपाल एपिएफलाई पराजित गर्दै सेमिफाइनलमा

सिमरा (खेलदैनिक) । १० जनामा सिमित नेपाल आर्मी क्लबले ९ जनामा सिमित नेपाल एपिएफ क्लबलाई ४-०ले पराजित गर्दै  सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

७३ औ मिनेटमा रन्जन बिष्ट, अन्जन बिष्ट र नवयुग श्रेष्ठ झगडा गरेपछि म्याच रेफ्रीले तीनै जनालाई रातो कार्ड देखाएका थिए ।

आर्मीको जीतमा जर्ज प्रिन्स कार्कीले दुई गोल गरे भने दिनेश हेन्जम र नवयुग श्रेष्ठले एक-एक गोल गरे ।

जर्ज प्रिन्स कार्की आजको खेल को म्यान अफ दि म्याच घोषित भए। उनले पाँच हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलिको तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार र सुदुरपश्चिम–११ स्पोर्टस् क्लबबीच हुनेछ।

प्रतियोगिताको बिजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने समेत आयोजकले जनाएको छ ।

फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकको सेतो र निलो टोली, बिजय युथ क्लब, रुस्लान थ्रीस्टार, सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, नेपाल एफिएफ, त्रिभुवन आर्मी क्लब, बिरगंज युनाइटेड क्लब र सिएमजी संकटा क्लब गरी कुल १० टोलिहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...