बिक्रम लामाको शल्यक्रिया सफलताका साथ सम्पन्न

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलर तथा थ्रीस्टार क्लबका कप्तान बिक्रम लामाको खुट्टाको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । डाक्टर चक्रराज पाण्डे र उनको समूहले शनिबार राती ग्राण्डी अस्पतालमा लामाको शल्यक्रिया सफलताका साथ सम्पन्न गरेका हुन् ।

धरानमा शनिबार सम्पन्न २० औं बुढासुब्बा गोलको फाइनलमा विभागीय टोली पुलिसविरुद्ध खेल्ने क्रममा लामाको खुट्टा भाँचिएपछि उनलाई बिराटनगरबाट काठमाडौं रिफर गरिएको थियो । थ्रीस्टार क्लबका महासचिव सन्जिवन शिल्पकारका अनुसार बिक्रमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । साथै उनी कम्तीमा ३ महिना मैदान बाहिर रहने भएका छन् ।

धरान रंगशालामा सम्पन्न फाइनल भिडन्तमा थ्रीस्टारले साविक बिजेता पुलिसलाई १–० ले हराउँदै २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...