नेपाल आर्मी क्लब र नेपाल एपिएफ क्लब आज भिड्दै

बारा (खेलदैनिक) । रुस्लान नवौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज नेपाल आर्मी क्लब र नेपाल एपिएफ क्लब सिमरा रङशालामा भिड्दै छन् ।

खेल ३ बजे शुरु हुनेछ ।

प्रतियोगिताको बिजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने समेत आयोजकले जनाएको छ ।

फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकको सेतो र निलो टोली, बिजय युथ क्लब, रुस्लान थ्रीस्टार, सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, नेपाल एफिएफ, त्रिभुवन आर्मी क्लब, बिरगंज युनाइटेड क्लब र सिएमजी संकटा क्लब गरी कुल १० टोलिहरुको सहभागिता रहेको छ ।

कुन टोलि सेमिफाइनलमा प्रवेश गर्ला? अनुमान गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...