बिक्रम लामा गम्भिर घाइते भएर अस्पताल भर्ना भएपछि कसले के भने ? थाहा पाउनुहोस् ।

(तस्विर थ्रीस्टार क्लब)

काठमाडौं (खेलदैनिक) । धरानमा सम्पन्न २० औं बुढासुब्बा गोल्डकपको फाइनलतर्फ शनिबार खुट्टा भाँचिएपछि गम्भिर घाइते भएका राष्ट्रिय फुटबलर बिक्रम लामा कम्तिमा ३ महिनाका लागि मैदान बाहिर रहने भएका छन् ।

नेपाल पुलिसविरुद्धको फाइनल भिडन्तमा घाइते भएपछि उनलाई तत्कालै हवाजहाजमा काठमाडौं रिफर गरिएको थियो । जहाँ उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । बुढाुसुब्बा गोल्डकपको बिजेता समेत बनेको थ्रीस्टार क्लबका कप्तान रहेका लामा घाइते भएपछि उनकै टिममेट तथा अन्य फुटबलरहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसै क्रममा २० औं बुढासुब्बा गोल्कडपको उत्कृष्ट खेलाडी र उच्च गोलकर्ता बनेका निराजन खड्काले आफूलाई निकै दुःखीत तुल्याएको बताएका छन् । खड्का भन्छन् “म निकै दुःखी छु । मैले पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडीको पुरस्कार लिन जाँदा बिक्रमको समर्थनमा उसले लगाउने १२ नम्बर जर्सी लगाएको थिएँ । मँ उसको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

त्यस्तै थ्रीस्टार कै गोलरक्षक एलन न्यौपाने भन्छन् “मलाई निकै दुःख लागिरहेको छ । यो उपाधि (२० औं ुबढासुब्बा गोल्डकप) हामीले बिक्रम दाईप्रति समर्पित गरेका छौं ।” थ्रीस्टार कै चर्चित डिफेन्डर रजिन धिमालको भनाई पनि उस्तै छ । उनले पनि यो उपाधि बिक्रमप्रति समर्पित गरेको बताएका छन् ।

त्यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले बिक्रम गम्भिर घाइते भएको खबरले आफूलाई निकै मर्माहत तुल्याएको बताएका छन् । साथै उनले बिक्रमलाई शिघ्र स्वास्थ्य लाभ गर्दै छिटै मैदानमा फर्किन शुभकामना समेत दिएका छन् ।

त्यस्तै हाल चर्चित आई लिग क्लब मोहन बगानमा अनुबन्धित भएका राष्ट्रिय फुटबलर बिमल घर्ती मगरले पनि बिक्रमको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यसैगरी अन्य फुटबलर तथा प्रशिक्षकहरुले पनि बिक्रमको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै छिटै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...