यी हुन् २० औं बुढासुब्बा गोल्डकपका उत्कृष्टहरु

धरान (खेलदैनिक) । शनिबार धरानमा सम्पन्न २० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थ्रीस्टारले फाइनलमा नेपाल पुलिसलाई स्तब्ध पार्यो ।

धरान स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा उपाधिसँगै थ्रीस्टारले ५,५५,००० हजार समेत हात पार्यो । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी थ्रीस्टारका निराजन खड्का घोषित भए । उनले पुरस्कार स्वरुप एक थान मोटरसाइकल हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक एलन न्यौपाने भए भने उत्कृष्ट डिफेन्डर लावल घोषित भए । उत्कृष्ट मिडफिल्डर सुमन लामा घोषित भए भने उत्कृष्ट फरवार्ड रेजिन सुब्बा घोषित भए ।

त्यसैगरी उदयीमान खेलाडीको पुरस्कार रोमन लिम्बुले जिते भने उत्कृष्ट प्रशिक्षक मेघराज केसी घोषित भए । त्यस्तै प्रतियोगिताभरि ३ गोल गरेका निराजन खड्का उच्च गोलकर्ता समेत बने । उत्कृष्ट विधातर्फका खेलाडीहरुले जनही २५–२५ हजार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...