थ्रीस्टारलाई २० औं बुढासुब्बा गोल्डकपको उपाधि

धरान (खेलदैनिक) । दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लबले धरानमा सम्पन्न रेडबुल २० औं बुढासुब्बा गोल्डकपको उपाधि जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा थ्रीस्टारले डिफेन्डिङ च्याम्प्यिन विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यकाविरुद्ध १ गोलको हराउँदै उपाधि जित्न सफल भयो ।

धरान स्टेडियममा सम्पन्न तनावपूर्ण खेलको पहिलो हाफको इन्जुरी समयमा अजयी मार्टिन्सले गरेको एक मात्र गोल खेलको निर्णायक बन्न पुग्यो । पहिलो हाफमै दुवै टोलीका खेलाडी चर्को विवादमा उत्रिए पछि रेफ्रीले थ्रीस्टारका पिटर सेगुन र पुलिसका हेम तामाङलाई रातो कार्ड देखाएका थिए ।

सोही खेलमा थ्रीस्टारका कप्तान बिक्रम लामा पनि चोटिल बन्न पुगेपछि पाटने क्लब थप दबाबमा पर्न पुगेको थियो । यद्यपि थ्रीस्टारले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै थ्रीस्टारले ५,५५,००० हजार हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...