साबिक बिजेता नेपाल पुलिस र थ्री स्टार उपाधिकालागि भिड्दै

धरान (खेलदैनिक) । २० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज साबिक बिजेता नेपाल पुलिस क्लब र थ्री स्टार क्लब धरान रङशालामा भिड्दै छन् ।

खेल ३ बजे शुरु हुनेछ ।

यी दुई टोलिको यो सिजनमा उपाधिकालागि दोस्रो भिडन्त हो । यस अघि पुलिस र थ्री स्टारको भेट १६ औ आहा! रारा गोल्डकपको फाइनलमा भएको थियो । पुलिसले थ्री स्टारलाई १-०ले हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा संकटालाई २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा दुर्गापुर, कोलकातालाई १-०ले हराउँदै थ्री स्टार क्लबले फाइनलको यात्रा तय गरेको थियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।

कुन टोलिले उपाधि जित्ला ? अनुमान गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...