न्यु स्टार पोल क्वाटरफाइनलमा

अर्किड कप फुटबलमा विनायक ‘म्यान अफ द म्याच’ भएका सुजन भट्टराईलाई जर्सी प्रदान गरिदै ।

काठमाडौं (खेलदैनिक) । न्यु स्टार पोल तेश्रो अर्किड कप अन्तरविद्यालय छात्र सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छ । न्यु स्टार पोलले विद्या आर्जनलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो ।

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा कस्तुप, वेस्ट ग्रुप भिजन, विनायक र ग्रामर पनि क्वाटरफाइनलमा पुगे । कस्तुपले पुष्प वाटिकालाई ४–१ गोलले हरायो । कस्तुपका रविन बलमे ह्याट्रिक गरे भने दिवस मगरले १ गोल थपे । पुष्प वाटिकाका प्रवीण गौतमले सान्त्वना गोल गरे । वेस्ट ग्रुपले गोल्डेन बडलाई १–० को झीनो गोलअन्तरले पाखा लगायो । दिपेश आलले निर्णायक गोल गरे ।

विनायकले करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई टाइब्रेकरमा ५–४ गोलले निराश पा¥यो । अमित सिंहको निर्णायक गोलमा ग्रामरले मानाङ्कलाई १–० गोलले पन्छायो ।


प्रतिक्रिया दिनुहोस

Loading...