रुस्लान थ्री स्टार र नेपाल पुलिसको फाइनल भेट पक्का

धरान (खेलदैनिक) । रुस्लान थ्री स्टार क्लबले दुर्गापुरलाई पराजित गर्दै २० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिससँग भेट पक्का गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज धरान रङशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा दुर्गापुर, कोलकातालाई १-०ले हराउँदै थ्री स्टार क्लबले फाइनलको यात्रा तय गरेको हो ।

खेलको ७३औ मिनेटमा अनन्त तामङको स्थानमा मैदान प्रवेश गरेका बिष्णु गुरुङले ९०+४ मिनेटमा थ्री स्टारकालागि निर्णायक गोल गरे ।

थ्री स्टारका गोल रक्षक एलान न्यौपाने म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार रुपैया प्राप्त गरे ।

फाइनल खेल माघ २७ गते हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...