तस्विरहरुमा हेर्नुहोस यसरी पुग्यो पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा (फोटो फिचर्स)

धरान (खेलदैनिक) । उत्कृष्ट लयमा देखिएको विभागीय टोली नेपाल पुलिस क्लबले बुधबार सिएमजी संकटा क्लबलाई २–१ ले हराउँदै जारी २० औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

युवा खेलाडीले भरिएको पुलिसका लागि रेजिन सुब्बा र बुद्ध लामाले गरेका थिए । उता पराजित संकटाका लागि प्रकाश बुढाथोकीले एक मात्र गोल फर्काए । भर्खरै पोखरामा सम्पन्न १६ औं आहा! रारा गोल्डकपको उपाधि जितेको पुलिसले लगातार दोस्रो उपाधि जित्ने अभियानमा छ ।

तस्विरहरुमा हेर्नुहोस पुलिस र संकटाबीचको खेलको रोमाञ्चकता :


प्रतिक्रिया दिनुहोस

Loading...