रामपुर एफसी सेमिफाइनलमा

चितवन (खेलदैनिक) । रामपुर फुटबल क्लब चितवनमा जारी प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो क्वटरफाइनलमा रामपुरले विदेशी खेलाडी सहित मैदानमा उत्रिएकोे बसन्तपुर युनाईटेड, माडीलाई पेनाल्टी शुटआउटमा ३–२ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो ।

यसअघि निर्धारित समयको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको छिनोफोनो पेनाल्टी शुटआउटबाट लिनु परेको थियो । बुधबारको खेलको म्यान अफ दि म्याच रामपुरका गोलरक्षक मनोज तामाङ घोषित भए ।

प्रतियोगिताअन्तरगत माघ २५ गते विहीबारको दोस्रो क्वाटरफाइनल खेल गैंडाकोट फुटबल क्लब र नारायणगढ फुटबल क्लब बीच हुने आयोजक एभरेष्ट क्लवका अध्यक्ष अशोक देवकोटाले बताए ।

फाल्गुन २ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...