काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली फरवार्ड बिमल घर्ती मगरको टोलि मोहन बगानले आई लिग अन्तर्गत आज १० जनामा सिमित चेन्नई सिटीसँग तामिनाडुमा भएको अवे म्याच गोलरहित बराबरी गरेको छ ।
खेलको ८४ औ मिनेटमा चेन्नईका भन्स्पौलले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान छोडेका थिए । त्यसको फाइदा मोहन बगानले उठाउन सकेन ।
खेलको अन्तिम समयमा बिमलले प्रहार गरेको बल गोल रक्षकले बचाउन सफल भए ।
बिमल ३४ औ मिनेटमा अजुरिदिन मल्लिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।
लिग तालिकामा १३ खेलबाट २१ अंक जोड्दै मोहन बगान चौथो स्थानमा रहेको छ ।