बेनीको रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

बागलुङ (खेलदैनिक) । फागु पूर्णिमाको अवसर पारेर रत्नेचौर जागरण समुहको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

आउँदो फागुन १४ देखि १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा धौलागिरीका टिमहरुले भाग लिन पाउने खेल संयोजक सुजन थापाले जानकारी दिए ।

जिल्लामा धेरै खेलहरु हुने गरेता पनि अझैसम्म रत्नेचौर खेलमैदानलाई जिल्लाका कुनै कार्यालय तथा संस्थाहरुले प्राथमिकतामा नराखेको र खेल मैदान राम्रो र सुविधायुक्त रहेको जानकारी दिन तथा मैदानको विकास र प्रचारप्रसार गर्नको लागि प्रतियोगिताले सहयोग पुग्ने अपेक्षाले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहन सक्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुजन थापाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...