थ्री स्टारको सेमिफाइनल भेट दुर्गापुर, कोलकातासँग

धरान (खेलदैनिक) । २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज धरानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबले सुदूर पश्चिम एघारलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निराजन खड्काले थ्री स्टारलाई खेल को ७ औ मिनेटमा अग्रता दिलाए । सुनिल बलले ३७ औ मिनेटमा अग्रतालाई दोब्बर गरे । निराजन खड्काले ५४ औ मिनेटमा उत्कृष्ट गोल गरे र पेनाल्टी मार्फत ९०+२ मा ह्याट्रिक गर्दै थ्री स्टारलाई ४-० को शान्दार जीत दिलाए ।

थ्री स्टार क्लबले दुर्गापुर, कोलकातासँग दोस्रो सेमिफाइनल माघ २५ गते खेल्नेछ ।

ह्याट्रिक हिरो निराजन खड्का म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार रुपैया प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि  पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र संकटाबीच हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...